Pages - Menu

Saturday, July 13, 2013

..... सम्बन्ध

सोचको गहिराइमा छलांग मारे
उज्यालोमा, अन्धकारमा
आफ्नोपनमा, बिरानोमा
होशमा, बेहोसीमा
यत्रतत्र सर्बत्र कुनै ठाउँ बाकिनराखी
सहरको भिडभाड, ठेलमठेल, कोलाहाल र प्रतिस्पर्धा देखि
गाउको एकान्त, निस्चलता र सुन्दरता सम्म
तर मैले जानिन या तिमीले बुझेनौ
म कालोलाई सेतो भन्न सक्दिन
तिमि संगै तिम्रै तालमा नाच्न र झुम्न सक्दिन
म यस्तै छु , किनकि मात्र
मात्र मलाई थाहा छ कि
तिमि तिमि हौ
म म हु l