Pages - Menu

Saturday, August 24, 2013

सहि या गलत !!

हामि यस्तो सानोतिनो कुरामा ध्यान दिन भ्याउने मानिस त होइनौ,तर पनि जब अरु कसैले प्रयोग गर्दा कसैलाई असर भयो तब म यो बिषयमा सोच्न बाध्य भए ....
बिश्वमा अनेकौ रुप,रंग,आचरणका मानिसहरु बसोबास गर्ने गर्छन ,,,
जसमा कोहि कस्ता, कोहि काला, कोहि गोरा,... तर येही कालो र गोरो बर्ण को बिषयमा म, मेरो यत्रो लामो जिन्दगीमा नसोचेको मान्छे आज सोच्न बाध्य भए ... मेरो जीवनमा धेरै साथीभाई छन् जसमा कोहि काला कोहि गोरा अवस्य छन् ,तर ति मेरा कालो बर्णका साथीहरुले गोरो बन्न प्रयाश गरेको मलाई कहिलेही पनि थाहा भएन,हामी संगै खान्छौ,खेल्छौ,रमाउछौ... जिन्दगीलाई सुन्दर बनाउने बिषयमा सोच्छौ ... तर रंग को बिषयमा सोचेको र हिन भावना राखेको थाहानै भएन...
आहिले बजारमा विभिन्न खालका स्वन्दर्य सामाग्रीहरु पाहिने गर्छन ..
मलाइ थाहा भए आनुसार  छाला चम्काउने,शारीरको भुत्लाहरु खुइलाउने,सुघन्धित बनाउने आदि आदि ..
तर येस्ता सामग्रीले मानिसलाई साचै सुन्दर बनाउछ त ??
येति मात्रै काहा हो र मलाई थाहा भए आनुसार मानिसहरुले सामाजिक संजालहरु(facebook ,twitter ,instagram) आदिमा पनि आफ्नो तस्बिर मर्मत गरेर हालेको पाइयो ...
सुन्दर बन्न खोज्नु राम्रो हो र सबैको अधिकारको कुरा हो ...
तर शारीरिक सुन्दरतामा भन्दा मानसिक र सामाजिक सुन्दरतामा ध्यान दिनु राम्रो हुन सक्छ  ....
हिन भावना त्यागेर जीवनलाई सुन्दर बनाउनतिर लागौ...


(केहि वर्ष अगाढी नेपालको १ अस्पतालमा उपचार गराउन आएका Perfume intolerance ,smell allergy भएका बिरामी संगको कुराकानीमा आधारित,मित्रलाई स्वन्दर्य सामग्रीको गन्धबाट allergy भएको थियो)