Pages - Menu

Sunday, September 15, 2013

खोजीमा

भगवान को खोजीमा भौतारिदा भौतारिदा मन्दिर पुगे
तब मन्दिरका पण्डितले भने हिन्दु बन ...

फेरि भौतारिदा भौतारिदा मस्जिद पुगे
तब मस्जिदका मुल्लाले भने मुस्लिम बन ...

फेरि भौतारिदा भौतारिदा गिरजाघर पुगे
तब गिरजाघरका पादरीले भने ईसाई बन ..

भौतारिदा भौतारिदा जब आफ्नै अन्तर आत्मामा झाकि हेरे
तब अन्तर आत्माले भन्यो
सबैका मालिक एकै हुन्, मात्र तिमि एउटा सच्चा मानिस बन ...

No comments: