Pages - Menu

Saturday, June 29, 2013

पन्चासे डाँडा





२५१७ मिटर उचाईमा रहेको पन्चासे डाँडा कास्की,स्यांग्जा र पर्बत को संगमको रुपमा रहेको छ l
यहाँ घुम्न लायक ठाउहरु धेरै छन्, जस्तै ढुंगा खोपेर ध्यान गर्न बनाईएको गुफा , पन्चासे ताल , रिशिमुनिहरुका कुटी ,बाईसे चौबिसे राजाको पालाको राजदरबारको भग्नावसेस आदि आदि l


यहाबाट अन्नपुर्ण, धौलागिरी तथा गणेश हिमालको राम्रो आवलोकन हुन्छ l वोरिपरी घना जंगलले ढाकिएको कहिलै नसुक्ने पन्चासे ताल बिचित्रको छ l तर घना जंगलले ढाकिएको भए पनि यो ताल मा एउटा पनि पात भेट्न देख्न सकिदैन, स्थानीयका आनुसार ताल पबित्र छ र पात खस्ना साथ् चराले टिपेर बाहिर निकाल्ने गर्दछ l

च्वान ऋषिको तपोभूमि मानिने पन्चासे १०७ थरिको सुनाखरी पाहिने नेपालको १ मात्र ठाउँ हो l गुराश र सुनाखरीको भण्डार रहेको यो ठाउँ नेपाल मा मात्रै पाहिने चरा काढे भ्याकुरको लागि पनि प्रख्यात छ l


पोखराको पामे वा भदौरे ,पर्बतको चित्रे रामजा लगायत चार ठाउँ र स्यांग्जाको बागे बाट पद यात्रा गर्न सकिने येश ठाउँ , सहरको कोलाहाल देखि केहि समय आनन्द लिन जानको लागि उपयक्त ठाउँ हुन सक्छ  l

No comments: