Pages - Menu

Thursday, June 27, 2013

रेसुङ्गा धाम



रेसुङ्गा हिन्दु हरू को पवित्र दर्शनीय धाम हरू मध्य एक मानिन्छ, विभिन्न रिषिमुनी हरू को तपोभूमि रहेको यो पवित्र स्थान प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ, घना जंगलको बिचौ बीच मा रहेको रेसुङ्गा दुर्लभ प्रजाति का पशु... पँछी र वनस्पती को लागि पनि लोकप्रिय छ।
विभिन्न ऐतिहासिक मठ मन्दिर को इतिहास बोकेको यस धार्मिक स्थलको व्याख्या हिन्दु ग्रन्थ र शास्त्रहरू मा उल्लेख भएको भेटिन्छ।
१२ महिना पर्यटन को लागी उपयूक्त यस पवित्र धाम मा विशेषत साउने संग्रान्ती
र ठुलो एकादशी मा भव्य मेला लाग्ने गर्दछ।यहाँ श्रावण महिनाभरि  श्रद्दालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।


 यहाँ रहेको पोखरी (चार धाम को जल मिसाईको प्राचिन पवित्र पोखरी)मा स्नान गरे बिभिन्न दुख कष्ट र रोग निको हुने मान्यता छ।

 रेसुङ्गा मा दर्शनीय
पवित्र पोखरी
भव्य यज्ञशाला
रिसी मुनि को कुटी
विभिन्न मन्दिर
मठ
भिउ टावर
प्राकृतिक सौन्दर्य
धौलागिरी लगायत माछापुच्छ्रे हिमाल
एक पटक अ्वस्य पुग्नै पर्ने ठाउँ ।

यस ठाउमा जानको लागि गुल्मीको सदरमुकाम तम्घास लगायत चारौं दिशाबाट यातायात को सुविधा रहेको छ।


No comments: